Listen LIVE

स्तनपान सप्ताहमा वेस्टर्न अस्पतालको विशेष कार्यक्रम

नेपालगञ्ज : विश्व स्तनपान सप्ताह २०२४ का अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले विशेष कार्यक्रम सम्पन्न गरेको छ । “स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता“ भन्ने  नारालाई आत्मसाथ गर्दै अस्पतालले कार्यक्रमको आयोजना गरेको हो । स्तनपानको महत्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको वेस्टर्न अस्पतालले जनाएको छ ।

कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले स्तनपानको महत्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुर्याउने फाइदाबारे जानकारी दिइन् । “स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ’ उनले भनिन, हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं ।’  

कार्यक्रममा आहारविद् सुशिल खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानाको तालिका, खानाका परिकार लगायत अन्य कुरा सम्बन्धि जानकारी दिएका थिए । कार्यक्रममा सहभागी आमाहरुले आफ्ना अनुभवहरू साझा गर्नुका साथै स्तनपानका चुनौतीहरूबारे छलफल गरिएका थियो । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारे प्रदर्शनसमेत गरेका थिए । 

अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया