Listen LIVE

दशैँ नजिकिँदै गर्दा अटोमोबाइल बजारमा बढ्यो चहलपहल

नेपालगञ्ज : दशैको रौनकसंगै अटोमोबाइलको चवहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समय विशेषतयः विद्युतीय सवारीसाधन इभी प्रति ग्राहकको आकर्षण र माग बढ्दै गएको छ । मागअनुसार बजारमा सवारीसाधनको आपूर्ति भने सहज नहुने अवस्था देखिएको छ ।

अटोमोबाइल व्यवसायका अनुभवी  व्यवसायीले दशैँमा नयाँ गाडी खरिद गर्ने ग्राहकले मूल्य, ब्रान्ड र मोडलसँगै गाडी खरिदपछिको सेवा–सुविधालाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन् । 

नेपालगन्जस्थित स्वस्तिका अटो ७ ईन्जिनियरिङ वक्र्सका सञ्चालक निरन्जन राजभण्डारीका अनुसार गाडी खरिद गर्दा इभी वा पेट्रोलमध्ये कुन रोज्ने, कुन ब्रान्ड र कुन मोडल लिने भन्ने विषय महत्त्वपूर्ण भए पनि त्यससँगै बीमा, सर्भिस सेन्टर, स्पेयर पाट्र्सको उपलब्धता र प्राविधिक सहयोगबारे पनि जानकारी लिनु पर्ने बताउँछन् ।

'गाडी किन्दा गाडी मात्र हेर्नु हुँदैन, गाडी किनेपछिको जीवन पनि हेर्नुपर्छ,' अनुभवी ब्यक्तित्व राजभण्डारी भन्छन्,–'गाडीमा समस्या आउँदा बीमा सुविधा कहाँ पाइन्छ, सर्भिस सेन्टर कहाँ छन्, स्पेयर पाट्र्स सहजै पाइन्छन् कि पाइँदैनन् र प्राविधिक सहयोग कति छिटो पाइन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।'

आयातकर्ता तथा डिलरको आफ्टर–सेल्स सपोर्ट र सेवा सञ्जाल पनि गाडी खरिद गर्नुअघि बुझ्नुपर्ने उनको सुझाव छ । महँगो र अत्याधुनिक प्रविधियुक्त गाडी भए पनि सडकमा प्रयोगका क्रममा कुनै पनि समयमा समस्या आउन सक्ने भएकाले बिक्रीपछिको सेवा प्रणाली बलियो हुनु आवश्यक रहेको ब्यवसायीको भनाइ छ ।

ग्राहकले आफ्नो क्षेत्रमा सम्बन्धित ब्रान्डको सर्भिस नेटवर्क, आवश्यक पार्टपुर्जा र प्राविधिक जनशक्तिको उपलब्धताबारे बुझेर मात्र निर्णय लिनुपर्ने सञ्चालक राजभण्डारीको सुझाव छ ।

दशैँलाई लक्षित गरेर विभिन्न ब्रान्ड तथा डिलरहरूले नयाँ मोडल, अफर र योजनाहरू सार्वजनिक गरिरहेका बेला ग्राहकले तत्कालको आकर्षणभन्दा दीर्घकालीन सुविधा र खर्चलाई समेत ध्यान दिएर गाडी छनोट गर्नु पर्ने अन्य व्यवसायीको पनि सुझाव छ ।

स्वस्तिका अटो ईन्जिनियरिङ वक्र्समा हाल किया, लिप मोटर, जेएस डब्लु एमजी गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस रहेको छ ।

प्रतिक्रिया