Listen LIVE

राप्रपाबाट असन्तुष्ट नेता कार्यकर्ता पार्टी परित्याग गर्दै

नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके क्षेत्र नं. २ का निवर्तमान प्रतिनिधी सभा सदस्य डा. धवल समशेर राणाले फागुन २१ गतेको चुनाव आफु नलड्ने घोषणा गरेसँगै पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् ।

पार्टीमा राणाबाहेक योग्य उम्मेदवार नरहेको भन्दै राप्रपा बाँकेका नेता कार्यकर्ताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न थालेका हुन् । यसरी राप्रपा परित्याग गर्नेहरुमा वडा इकाई कमिटिका अध्यक्षदेखि अन्य नेता कार्यकर्ता रहेका छन् ।

रेडियो बागेश्वरीसँग कुरा गर्दै डुडुवा गाउँपालिका वडा नं. ६ राप्रपाका वडा इकाई कमिटि अध्यक्ष लल्लुराम पाण्डेयले आजैका मितिदेखि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । उनले भने, ‘तपाईंको सञ्चारमाध्यम मार्फत् आजैका मितिदेखि पार्टी परित्याग गरेको घोषणा गर्दछु । पार्टीको कुनैपनि पद र हैसियतमा नरहेको र पार्टीपंक्ति तथा आम जनसमुदायलाई पार्टी परित्याग गरेको जानकारी गराउँदछु ।’

प्रतिक्रिया