Listen LIVE

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा : जिल्ला अस्पताल लगायत बाजुराका स्वास्थ्य संस्थामा रेबिज रोग विरुद्धको खोप अभाव भएको छ ।

जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा प्रदान गर्ने खोपमध्येको रेबिज विरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

दैनिकरुपमा आवश्यक भइरहने रेबिज रोग विरुद्धको खोप नहुँदा सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।

सरकारले निःशुल्करूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप एक हप्तादेखी अभाव भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्र शेखर यादवले बताए ।

अस्पताल बाजुराले एक सूचना जारी गर्दै रेबिज विरुद्धको खोप अभाव भएको र बिरामीले स्वयम अन्यत्रबाट खरिद गरि ल्याए अस्पतालले लगाइदिने व्यवस्था मात्र भएको जनाएको हो ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको उक्त खोप हाल सो कार्यालय बाट प्राप्त नभएकोले सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्र शेखर यादवले जानकारी दिए ।

प्रतिक्रिया