दाङ : पछिल्लो समय बढ्दो लागुऔषध दुव्र्यसनका कारण मानसिक र पारिवारिक समस्या पनि बढिरहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मङ्गलबार राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन् ।
निर्णय पुनस्र्थापना केन्द्र घोराहीको समन्वयमा मानसिक समस्या व्यवस्थापनसम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराहीमा सम्पन्न कार्यक्रममा यस्तो बताएका हुन्। सोमबार र मङ्गलबार सञ्चालन भएको शिविरमा पुनस्र्थापना केन्द्रमा उपचाररत पूर्व दुव्र्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनस्र्थापना गर्न सहयोग पु¥याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले मानसिक समस्या व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीले जीवनशैली र स्वस्थ आहार–विहारका बारेमा प्रशिक्षण दिए ।
यस्तै, मोटिभेटर स्पिकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक चिन्तन, सोच र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
योग प्रशिक्षक निमानन्द रिजाल र अञ्जु रेग्मी न्यौपानेले योग तथा ध्यान अभ्यास गराएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्णय पुनस्र्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार