Listen LIVE

सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढ्यो

नेपालगञ्ज : नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया