Listen LIVE

दुई लाख नजिक पुग्यो सुनको मूल्य

नेपालगञ्ज : नेपाली बजारमा सुनको मूल्य लगातार बढेर दुई लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको आज प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ। यो नेपाली बजारमा नयाँ रेकर्ड हो।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ। त्यसदिन १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया