काठमाण्डौ : निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाख महिनाको कुनै पनि शुल्क अभिभावकहरूले तिर्न नपर्ने जानकारी दिए।
सरकारले वैशाख १५ देखि भर्ना थालेर वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने भनेपछि अभिभावकहरूलाई वैशाख महिनाको शुल्क तिर्नुपर्ने की नपर्ने भन्ने अन्यौलता छाएको थियो।
किनभने यसअघिसम्म वैशाख १ बाट नै भर्ना अभियान सञ्चालन भइ शैक्षिक सत्र सुरु हुन्थ्यो। अभिभावकहरूले पनि वैशाख महिनाबाटै शुल्क तिर्दै आएका थिए।
तर,यसपाली भने यो अवधिमा पठनपाठन नै नहुने भएकाले कुनै पनि शुल्क निजी विद्यालयले लिनै नपाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता पराजुलीले जानकारी दिए।
उनले भने,…अब पठनपाठन नै नहुने भएपछि वैशाख २१ गतेसम्मको शुल्क विद्यालयले लिनै पाउँदैनन्,यदि कुनै विद्यालयले मागेमा अभिभावकहरूले नदिनुहोला,पठनपाठन सुरु भएपछिको मात्रै विद्यालयले शुल्क लिन पाउँछन्।Ú
नियम विपरीत शुल्क लिएको पाइएमा ती विद्यालयलाई कारबाही हुने उनले चेतावनी दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार