कञ्चनपुर : कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि महेन्द्रनगरस्थित होटेलमा आयोजित सार्वजनिक कार्यक्रममा हातपात गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।
कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट पक्राउ गरी हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार कुँवरविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ ।
प्रहरीका अनुसार कुँवर र वडाध्यक्ष देवकोटाबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ । भिडियोमा दुवै पक्षबीच भनाभन तथा झडप भएको देखिन्छ । घटनाको वास्तविक विवरण र विवादको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार