दाङ : दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–४ दुलैया निवासी ४२ वर्षीय राजु भण्डारी रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
रुखमा फलेको अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएका भण्डारीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवम् प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । प्रहरीका अनुसार मृतकको शव लमही अस्पतालमा राखिएको छ ।
2026-04-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार