काठमाण्डौ : भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन एकदिवसीय सिरिज खेल्ने भएको छ। अफगानिस्तानले आउँदो जुन महिनामा सिरिजका लागि भारत भ्रमण गर्ने भएको हो।
दुई टोलीले जुन ६ मा टेस्ट खेल्नेछन् । त्यसपछि क्रमशः जुन १४, १७ र २० मा एकदिवसीय क्रिकेट खेल्ने तालिका रहेको आज भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जानकारी दिएको हो ।
टेस्ट खेल न्यू चण्डीगडमा हुने छ भने पहिलो एकदिवसीय क्रिकेट धर्मशालामा हुनेछ। त्यस्तै, दोस्रो खेल लखनउमा हुनेछ भने तेस्रो खेल चेन्नईमा हुनेछ।
यो सिरिज आईपीएल समाप्त भएको ६ दिनपछि शुरु हुनेछ। आईपीएलको फाइनल खेल मे ३१ मा खेलिने तय भएको छ।
2026-03-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार