Listen LIVE

ब्राउन सुगरसहित बाँकेका चार जना पक्राउ

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट लागूऔषध ब्राउनसुगसहित चार जना पक्राउ परेका छन् ।

बर्दिया प्रहरीका अनुसार भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने २१ वर्षीय बिनोद थारू र ३० वर्षीय बालकुमार थारूलाई १ ग्राम १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसैगरी, सोही स्थानबाट बाँकेको खजुरा गाउँपालिका–८ बस्ने ३१ वर्षीय मुख्तार अहमद खाँ र खजुरा–७ बस्ने ४० वर्षीय मोहमद वासिम खाँ पनि पक्राउ परेको बर्दिया प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट १ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर र नगद ३३ हजार ५ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित परेका चारै जनाविरुद्ध लागूऔषध कसुरमा इलाका प्रहरी कार्यालय मैनापोखरले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया