Listen LIVE

सुनको भाउ हालसम्मकै उच्च

नेपालगञ्ज : नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो बिहीबारको दाँजोमा तोलामै ३ हजार रुपैयाँ बढी हो ।

महासंघका अनुसार छापावाल सुनको भाउ बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलाको १ लाख ५३ हजार ४ सय थियो ।

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ६० पुगेको छ । बिहीबार तोलाको १ हजार ७ सय ९५ थियो ।

प्रतिक्रिया