कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा क्यान्सर अस्पतालका लागि भवन शिलान्यास तथा भूमि पूजन कार्यक्रम सम्पन्न गरेको छ ।
आज एक औपचारिक कार्यक्रम गरी क्यान्सर अस्पतालको शिलन्यास तथा भूमि पूजन कार्यक्रम सम्पन्न गरिएको हो ।
अस्पतालको स्तरोन्नती गर्ने कममा नीजि क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका विरामीहरुलाई सुविधा सम्पन्न “क्यान्सर अस्पताल”को स्थापनाका लागि भवनको शिलान्यास गरिएको लार्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माले जानकारी दिए ।
अस्पतालबाट गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपालगञ्ज अस्पतालमा आउँदो महिनादेखि हर्ट रोग सम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा शुरु हुँदैछ ।
2024-09-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार