Listen LIVE

कोहलपुरद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले शनिबार आगामी वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२।०८३ का लागि १७ औ नगर सभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा महत्वपूर्ण नीतिहरु समावेश गरिएको नगरपालिकाले जनाएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने उल्लेख छ । महिलाहरुमा बढ्दो पाठेघरको क्यान्सर रोकथामका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमसँगै परीक्षणका कार्यक्रमहरु पनि प्रभावकारी ढंगले सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख आचार्यले बताए ।

नगरपालिकाले नसर्ने रोगको बढ्दो प्रभाव र पहिचान तथा रोकथामका लागि पनि समुदायस्तरमा शिविर सञ्चालन गर्ने लगायतका नीतिहरु लिएको छ । उक्त शिविरलाई थप प्रभावकारी गराउन कोष स्थापना गरिने भएको छ । नीति तथा कार्यक्रम पश्चात नगर उपप्रमुख संगिता सुवेदीले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया