Listen LIVE

इन्सेफलाइटिसबाट बाँकेमा एक बालकको मृत्यु

नेपालगञ्ज : बाँकेमा इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–४ का ८ वर्षीय बालकको इन्सेफलाइटिसबाट मृत्यु भएको हो ।

उनको भदौ १० गते मृत्यु भएको भएपनि स्वास्थ्यका अधिकारीहरुले ढिला गरी जानकारी दिएका हुन् । अरु ३ जना संक्रमित छन् । नरैनापुर–४ का ३ महिनाका बालक र डुडुवा गाउँपालिका–२ का ६ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु उपचारपछि घर फर्किसकेका छन् । कोहलपुर नगरपालिका–१२ कि ७ वर्षीया बालिकाको भने कान्ति अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

प्रतिक्रिया