दोहा (कतार) : बाँके सेवा समाज कतारले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारसँगको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।
‘रक्तदान, जीवनदान’ भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले शुक्रबार रक्तदान कार्यक्रम गरेको हो । आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं भन्ने समाजको लक्ष्य रहेको समाजका अध्यक्ष गोविन्द जङ्ग शाहले बताए ।
बिहान ८ बजेबाट सुरु भएको कार्यक्रममा अहिलेसम्म ४० जनाले रक्तदान गरेको शाहले बताए । एक पिन्ट रगत दान गरी पुण्य कमाउन कार्यक्रम संयोजक श्याम डिसीले अनुरोध गरेका छन् ।
समाजले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको बताउँदै डिसीले कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरूसहित सम्पूर्ण नेपालीहरूलाई रक्तदानमा सरिक हुन् समाजले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार