Listen LIVE

सुनको मूल्यले नाघ्यो साढे २ लाख

नेपालगञ्ज : देशभर सुनको मूल्य निरन्तर वृद्धि भई शुक्रबार प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दिनको लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनभन्दा २ हजार २ सय रुपैयाँ ले बढी हो।

गत सातादेखि सुनको मूल्यमा तीव्र वृद्धि हुँदै आएको छ। एक सातामा मात्र सुन प्रतितोला करिब ९ हजार रुपैयाँ महँगिएको छ।

गत शुक्रबार यसको भाउ २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुग्दा हालसम्मकै रेकर्ड बनेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि तीव्र रूपमा बढ्दै रेकर्ड नजिक पुगेको छ।

महासंघले शुक्रबारका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ, जुन असोज ३१ गते बनेको ३३५० रुपैयाँको रेकर्ड नजिक छ।

प्रतिक्रिया