सुर्खेत : कर्णाली प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकमा मोटरेबल पुल निर्माण गर्न लागेको छ । आवश्यक बजेट विनियोजन गरेर सडक पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक पुल निर्माण गर्न लागेको प्रदेश सरकारले जनाएको छ ।
कार्यान्वयन भइरहेका प्रदेशस्तरीय सडकमा आवश्यकता अनुसार सडक पुल निर्माण गर्न लागिएको जनाइएको छ । पुल निर्माणका लागि यो वर्ष ६८ करोड ९८ लाख रुपियाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । आवश्यकताका आधारमा मोटरेबल पुल निर्माण गरिने छ । कतिपय सडक बनिसके पनि पुल निर्माण नहुँदा आवागमनमा समस्या हुने गरेको छ ।
आवश्यकताका आधारमा प्रदेश सरकारले पुल निर्माण गरिदिन लागेको हो । आवश्यक देखिएका स्थानमा पुल निर्माण गरिने भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष १३ वटा मोटरेबल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार आवश्कयताका आधारमा छनोट भएर आएका १३ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा सम्झौता भएका पुल निर्माण भइरहेका छन् । यो वर्ष माग भएर आएका नयाँ १३ वटा पुल निर्माण गर्न लागिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार