Listen LIVE

आफ्नो स्वास्थ्यबारे आफै सचेत रहन जनस्वास्थ्यकर्मीको आग्रह

नेपालगञ्ज : नसर्ने रोगको अवस्था भयावह बन्दै गइरहेको भन्दै आफ्नो स्वास्थ्यबारे आफै सचेत रहन जनस्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोगका कारण मानिसहरुको मृत्युवरण गर्ने दर बढ्दै गएको तथ्यांकका बीच आफ्नो स्वास्थ्यबारे आफै सचेत हुन आग्रह गरिन् ।

नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखदेखि प्राध्यापक– उपप्रध्यापकहरुलाई नसर्ने रोगबारे सचेतता प्रदान गर्न स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वास्थ्यसंगै समुदायस्तरमा समेत सचेता फैलाउन सहयोग गर्न आग्र गरिन ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले पनि नसर्ने रोगको अवस्था समुदायस्तरमा भयावह बनेको भन्दै सचेत हुन जरुरी रहेको बताए ।

उनले नियमित स्वास्थ्य चेकजाँच गर्न सुझाव दिए । धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, मध्यपान गर्ने, अस्वस्थकर खानपिनले नसर्ने रोग प्रकोप बनेको छ । यस्तै अपर्याप्त शारीरिक क्रियाकलाप, व्यायम नगर्नु, बाताबरण प्रदूषणपनि नसर्ने रोगका कारक रहेको श्रेष्ठ बताउँछन् ।

यस्तै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा.लालमणी आचार्यले तीन दशक अघिसम्म नसर्ने रोगबाट मृत्यु भएका घटना कम सुनिने गरेको आफुले पाएको उल्लेख गर्दै अहिले क्यान्सर, हृदयघात, मधुमेह लगायतका नसर्ने रोगबाट मृत्यु हुने गरेको पाइएको बताए ।

उनले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि समुदायमा सचेतता फैलाउन प्राध्यापकहरुलाई आग्रह गरे । उनले चिकित्सा बिज्ञानले सर्ने रोगलाई नियन्त्रणमा राखे पनि नसर्ने रोगलाई नियन्त्रणमा राख्न आफैले सचेतता अप्नाउनु पर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपालगञ्जका प्राध्यापक तथा उप–प्राध्यापकहरुको सहभागिता रहेको थियो  । सहभागीहरुको स्कृनिङ पनि गरिएको थियो ।

प्रतिक्रिया