नेपालगञ्ज : लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । मुलुकमै सबैभन्दा ठुलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बनाउने उद्देश्यसाथ निर्माण भइरहेको यो भवनले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ ।
निर्माण कार्यको जिम्मा लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । यो निर्माण सुरु भएको करिब चार महिनाको अवधिको तथ्याङ्क हो ।
मुख्य संरचना बेसमेन्टसम्म तयार हुनुका साथै क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँबायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्टविङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिए ।
त्यस्तै क्यान्सर उपचार भवनको ¥याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलले हालसम्मको कार्ययोजनाका प्रगति तुलना गर्दा काम निर्धारित ढाँचामा अघि बढेको बताए । कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा यो आयोजना तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने इन्जिनियर पोखरेलको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार