Listen LIVE

माग पूरा नभएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा

नेपालगञ्ज : नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन सुरु गरेको  छ। संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि  बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधी कार्यलय समयको पहिलो एक घण्टा धर्ना दिंदैछन् ।

यी कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी पनि संघका महासचिव डा सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो। जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव तिवारीले जानकारी दिए।

प्रतिक्रिया