नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले छ महिनामा करिब पाँच करोड बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ।
चाड पर्व नजिकिएसँगै अवैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले छ महिनामा चार करोड ९० लाख ९ हजार २८३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले बताए।
सरकारले निर्धारण गरेको सामान भन्दा बढी सामान ल्याउने माथि समेत निगरानी गरिरहेको सशस्त्र प्रहरी एसपी खनालले बताए। उनले सशस्त्र प्रहरीले नाकामा सरकारको नीति पालना गरेको जनाउँदै एक सय रुपैयाँ भन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने नियमलाई कडाईका साथ पालना गरिएको बताए।
उनले असार महिनामा एक करोड आठ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर नेपालगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जानकारी दिए। एसपी खनालले लुम्बिनी प्रदेश सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरको निर्देशनमा बाँके जिल्लामा मातहतका सबै युनिटमा कडाई गरिएको बताए।
सशस्त्र प्रहरीले नाकामा कडाई गरेपछि अवैध आयात गर्ने त्रसित भएका छन्। प्रहरीले कडाई गरेपछि काम ठप्प भएको उनीहरूको भनाइ छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार