Listen LIVE

निर्धन उत्थान फत्तेपुरद्वारा केन्द्र प्रमुख कार्याशाला गोष्ठी सम्पन्न

नेपालगञ्ज : निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बाँकेले आज केन्द्र प्रमुख कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । केन्द्र प्रमुख कार्याशाला गोष्ठी कार्यक्रमको अध्यक्षता मिना शर्माले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख आतिथ्यता राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले गरेकी थिइन् । 

उपाध्यक्ष थारुले कार्यक्रमको उदघाटन गर्दै लधुवित्तले हरेक दिदीवहिनीहरुको पिरमर्कामा मल्हम लगाउन जरुरी रहेको बताइन् । लधुवित्तबाट धेरै महिलाहरुले आफ्नो घरखर्च र व्यवसाय पनि राम्रो सञ्चालन गर्दै आएको उदाहरण जगजाहिरर रहेको उपाध्यक्ष थारुले बताइन् । संस्थाबाट लाभ लिई कयौ महिलाहरु व्यवसायबाट मनग्य आम्दानी गर्दै आएको थुप्रै उदाहरण राप्तीसोनारीमै रहेको उपाध्यक्ष थारुले बताइन् । 

लधुवित्तले ३५औ स्थापना मनाइरहेको छ । संस्थाले महिला दिदीवहिनीहरुका लागि विना धितो सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रिय कार्यालय कोहलपुरका प्रबन्धक मिन बहादुर हमालले बताए ।  

हरेक आर्थिक बर्षमा केन्द्र प्रमुख कार्याशाला गोष्ठी कार्यक्रमको आयोजना गरि वित्तिय साक्षरताका वारेमा जानकारी गराउने र उनिहरुको गुनासा के कस्ता छन त्यसमा प्रथामिकता दिई कार्यक्रम ल्याउने गरेको उनले बताए । महिलाहरुकै समुहबाट आएको समस्यालाई जस्ताको त्यस्तै बार्षिक कार्यक्रममा लागु गरिदै आएको क्षेत्रिय प्रबन्धक हमालले बताए । 

आत्मनिर्भर हुनुपर्छ अरुको परनिर्भर भएर बाच्न सकिन्न भन्ने उद्देश्यका साथ सानोतिनो रुपमा पनि अर्काको हात थाप्न नपरोस भन्ने हिसावले वित्तियरुपमा सिमित श्रोत साधनबाट असिमित आवश्यकताहरु कसरी पुरा गर्न सकिन्छ भनेर महिला दिदीवहिनीहरुलाई सक्षम बनाउन निर्धन लघुवित्त लागिपरेको उनले बताए । 

प्रमुख केन्द्र कार्याशाला गोष्ठी कार्यक्रममा दुर्घटनामा परेका परिवारलाई २१ लाख विमा उपलब्ध गराएको छ । राप्तीसोनारी ढलैया समुहमा आवद्ध रहेका चम्फा रेउलेले संस्थाबाट ४ लाख ५० हजार कर्जा लिएका थिए । केही दिन उनको श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उनलाई निर्धनले दिनुपर्ने विमा मार्फत १२ लाख ६५ हजार उपलब्ध गराएको निर्धन उत्थानका क्षेत्रिय प्रबन्धक हमालले जानकारी गराए । 

कर्जा लागिसकेपछि आश्रित परिवारलाई हानि नोक्सानी नहोस भन्नको लागि मर्ने मरेर गएपनि बाँच्नेलाई दुख नहोस् भन्ने उद्देश्यले संस्थाले विमाबाट पाउनुपर्ने रकम जस्ताको त्यस्तै उपलब्ध गराउने गरेको उनले बताए ।

गोष्ठीमा ५५ वटा समुहका महिलाहरुको सहभागिता रहेको थियो । क्षेत्रिय कार्यालय अन्तर्गत ६ जिल्लामा कारोबार भइरहेको छ जसमा १९ ब्रान्च शाखा कार्यालय रहेका छन् । ६ जिल्लामा ५५ हजार बढि महिलाहरु समुहमा आवद्ध भई कारोबार गरिरहेका छन् । देशभर ७७ जिल्लामा शाखा रहेको निर्धन १८५ शाखा कार्यालयमा ४ लाख बढि सदस्य रहेका छन् । 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बाँकेको गोष्ठीमा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लवराज खरेल, अस्थाई प्रहरी पोष्टका इन्चार्ज रेशम खड्का, हवल्दार कमल रास्कोटी, विभिन्न समुहका प्रमुख, उपप्रमुख, सचिव, कोषाध्यक्ष, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया