Listen LIVE

नेपालगञ्जमा आरसीटी सेन्टर सञ्चालन

नेपालगञ्ज : गुणस्तरीय दन्त उपचार सेवाका लागि नेपालगन्जमा   आरसीटी (रुट क्यानल ट्रीटमेन्ट) सेन्टरसहितको मेट्रो डेन्टल एण्ड रुट क्यानल सेन्टर सञ्चालन गरिएको छ । 

नेपालगञ्ज –११, बीपीचोकस्थित नर्सिङ होमको अगाडि सञ्चालनमा आएको उक्त डेन्टल क्लिनिक नेपालगन्जको पहिलो आरसीटी सेन्टर भएको जनाउँदै आरसीटी विशेषज्ञ डा.बसन्तराज न्यौपानेले यो सेन्टरले दन्त परीक्षण, विशेषज्ञ परामर्श र दाँतसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्ने बताए । 

उनले स्थानीयलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउनु सेन्टरको मुख्य उद्देश्य रहेको जनाउँदै बिरामीहरुको समस्याका आधारमा अन्य विशेषज्ञहरु समेत उपचारका लागि उपलब्ध गराइने बताए । 

सो सेन्टरका सञ्चालकसमेत रहेका आरसीटी विशेषज्ञ डा. न्यौपाने हाल नेपालगञ्जमा एकमात्र आरसीटी विशेषज्ञ हुन् । दाँतको जरासम्म पुगेर आरसीटी विशेषज्ञद्वारा गरिने उपचारलाई आरसीटी भनिन्छ । 

सो सेन्टरमा विशेषज्ञ डा. न्यौपानेसँगै दन्त उपचारमा अनुभव बटुलेका अन्य दन्त चिकित्सकहरु डा. सुशील चौधरी र डा. युवराज अधिकारीले पनि नियमित सेवा प्रदान गर्नेछन् । 

मेट्रो डेन्टल एण्ड रुट क्यानल सेन्टरलाई भविष्यमा नेपालगञ्जकै अत्याधुनिक सुविधा सम्पन्न डेन्टल अस्पतालका रुपमा विस्तार गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया