Listen LIVE

प्रतितोला एक लाख ९७ हजार नजिक पुग्यो सुनको मूल्य

नेपालगञ्ज : सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १०० रुपैयाँ मूल्य बढेको हो । अघिल्लो एकै दिन तीन हजार ४०० रुपैयाँ मूल्य बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य तोलामा एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार २५० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया