नेपालगञ्ज : बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि बुधबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५५ ले घटेर तोलाको एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ८३५ रुपैयाँ थियो ।
2024-12-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार