Listen LIVE

थारु पत्रकार संघ बाँकेको अध्यक्षमा जागेश्वर

नेपालगञ्ज : पत्रकार जागेश्वर सिंह थारूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

नवगठित कार्यसमितिमा उपाध्यक्ष लिला चौधरी, सचिव लक्ष्मी चौधरी, सहसचिव अमृता चौधरी र कोषाध्यक्ष सुविता थारू सर्वसम्मतरुपमा निर्वाचित भइन् ।  सदस्यहरूमा रूपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरी निर्वाचित भएका छन् । 

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनलाई संगठनभित्रको एकता र सहकार्यको प्रतीकको रूपमा लिइएको नवनिर्वाचित अध्यक्ष थारुले बताए । उनले पत्रकारको हकहित संरक्षण र पेशागत विकासमा जोड दिने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा विभिन्न पत्रकार तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने अधिकांश वक्ताहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरूबारे चर्चा गर्दै जिम्मेवार र निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया