नेपालगञ्ज : नेपाली बजारमा आज सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला दुई हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ ।
2025-10-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार