नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको १९औं वार्षिकोत्सब शनिबार मनाइएको छ ।
वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरले शान्ति सुरक्षा र सुव्यवस्था, सीमा सुरक्षा, विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल सधैं उच्च मनोबलका साथ कर्मशील रहने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपदमा सशस्त्र प्रहरीले स्थानीय सरकारसंग गरिरहेको सहकार्य र समन्वयको सह्राना गरे ।
प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । नं. ३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई सम्मान, सांस्कृतिक प्रस्तुति, कदरपत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिनुका साथै परेवा उडाइएको थियो भने केकसमेत काटिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक धनराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप–अनुसन्धान निर्देशक हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न गणका गणपति, सशस्त्र प्रहरीका अधिकारी, सहिद परिवार लगायतको उपस्थिति थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरीको २०६३ चैत २१ गते स्थापना भएको थियो । यस गण मातहत सीमा सुरक्षा तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न १६ वटा कार्यालय छन् । नं. ३० गण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ भवनियापुर -महेन्द्रनगर) मा अवस्थित छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार