Listen LIVE

बर्दियाको राजापुरमा ६३ पिन्ट रगत सङ्कलन

बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत सङ्कलन भएको छ । राजापुर नगरपालिकाको सहयोग र समन्वयमा स्वयंसेविका रक्तदाता समाज राजापुरको आयोजनामा राजापुर बजारमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । 

राजापुर नगरपालिकामा थारू जातिको बाहुल्य छ । थारू जातिमा देखा परेको वंशाणुगत रोग सिकलसेल एनिमिया र थालेसेमिया रोगको उपचारका लागि नियमित रगतको आवश्यकता पर्छ । राजापुर स्वास्थ्य केन्द्रमा सञ्चालित रक्त सञ्चार सेवाका लागि रगत अभाव भएको हुनाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारूलगायत ६३ जनाले रक्तदान गरेका थिए । रगत अभाव भएर गुलरिया, नेपालगन्ज र काठमाडौंसम्म पुग्नुपर्ने अवस्था नआओस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले बताए ।  उनले राजापुरमा ब्लड बैंक स्थापना भइसकेकोले प्रत्येक स्वस्थ नागरिकले रक्तदान गरेर जीवन बचाउन सहयोग गर्न नगरप्रमुख थारूले आग्रह गर । 

कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी, नेपाल स्वयंसेवी रक्तदाता समूह राजापुरका पदाधिकारी, स्वास्थ्यकर्मी तथा रक्तदाताहरूको उपस्थिति थियो । 

रक्तदान कार्यक्रममार्फत सङ्कलित रगत राजापुर ब्लड बैंकलाई उपलब्ध गराइने र नियमित रक्तदान अभियान सञ्चालन गरिने युनिक नेपाल बर्दियाका अध्यक्ष प्रेमबहादुर थारूले बताए ।

प्रतिक्रिया