नेपालगञ्ज : बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ.) राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।
कर्णाली डेभलपमेन्ट बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत रहेका ६५ वर्षीय राय सल्यानका स्थानीयवासी हुन् । पक्राउ परेका रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
2025-06-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार