Listen LIVE

नेपालगञ्जमा युवा केन्द्रित लागुऔषधविरुद्धको अभियान

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकार लागुऔषध तथा दुव्र्यसनविरुद्ध युवा मार्फत अभियान सञ्चालन गर्नेभएको छ । प्रदेशमा लागुऔषध डरलाग्दो रूपमा बढिरहेको भन्दै यसविरुद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनालले जानकारी दिए । 

कार्यकारी उपाध्यक्ष खनालले भने, 'लागु औषधविरुद्ध सचेतना फैलाउन विद्यालय तहमा केन्द्रित भई अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ ।' अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा लागुऔषध तथा दुव्र्यसनविरुद्ध एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

कार्यक्रममा उच्च शिक्षा अध्ययन गरिरहेका करिब एक सय बढी युवाहरूको सहभागिता रहेको प्रदेश युवा परिषद् विकास समितिका कार्यालय प्रमुख अधिकृत प्रेमराज रावतले जानकारी दिए । 

कार्यक्रममा मनोसामाजिक चिकित्सक दिप्ती काफ्ले, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्ट, पत्रकार गोपिन्द्र बुढामगर, प्रकाश उपाध्यायले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया