नेपालगञ्ज : नेपालगञ्जस्थित सन्जिवनी अस्पतालमा मंगलवारदेखि 'आमा सुरक्षा कार्यक्रम' शुरु गरिएको छ । उक्त कार्यक्रमको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे ।
त्यसक्रममा नगर प्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम शुरु भएपछि बाँकेमा मातृ शिशु मृत्यु दरमा सुधार हुने विश्वास व्यक्त गरे । बाँके लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर हुने जिल्लामा पर्दछ ।
मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालका एमडी सन्तोष कुमार खनालले बताए । एमडी खनालका अनुसार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा सहज र सुलभ रूपमा प्रदान गरिनेछ ।
यस कार्यक्रमले विशेष गरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए । अस्पतालले …आमा सुरक्षा कार्यक्रमÚ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले बताए ।
जोखिमयुक्त गर्भावस्थाको निशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुदा सरकारी भेरी अस्पतालले त्यस्को भार खेप्दै आएको थियो । अब सन्जिवनी अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ दिने छ ।
आमा सुरक्षा कार्यक्रम उदघाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अस्पतालका चिकित्सक तथा कर्मचारी लगायतको उपस्थिति रहेको अस्पतालका प्रबन्धक कुमार अधिकारीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार