Listen LIVE

नेपालगञ्जमा झण्डा दिवस मनाइयो

नेपालगञ्ज : विक्रम संवत् नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालगञ्जमा ११औँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले संयुक्तरूपमा उक्त महोत्सव मनाएका हुन् । कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डासहित उपस्थित भई वैशाख १ गते नेपालीका लागि उत्सवको दिन भएको उल्लेख गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी पूर्व उपमेयर उमा थापा मगरले विक्रम संवत् नेपालको मौलिक पहिचान भएको बताउँदै यसै दिन राष्ट्रिय झण्डा दिवस मनाउनु गौरवको विषय भएको धारणा व्यक्त गरिन् । उनले नागरिकहरू स्वतःस्फूर्त रूपमा सडकमा आएर झण्डा दिवस मनाउनु राष्ट्रिय भावनाको प्रतीक भएको बताइन्।

उक्त कार्यक्रम …बास नेपालÚ र …अन्तरालÚको संयुक्त आयोजनामा सम्पन्न भएको हो । नेपालगञ्जमा हरेक वर्ष राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।

अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले राष्ट्रिय झण्डाले नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गर्दै नयाँ वर्षको पहिलो दिन देशको ध्वजाप्रति सम्मान व्यक्त गर्न यो महोत्सव मनाउन थालिएको जानकारी दिए ।

प्रतिक्रिया