नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–७ स्थित डुडुवा खोला र बैजनाथ गाउँपालिका–२ मकैबारी क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा अनुगमनका क्रममा अवैध उत्खनन् तथा ढुवानीमा संलग्न ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी गर्ने कार्यविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।
2026-06-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार