नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको मर्मत सम्भारको काम अहिले शुरु भएको छ।
जनप्रतिनिधि र स्थानीयको धर्नापछि चार महिनाअघि मर्मत सम्भार शुरु गरेर रोकिएको मर्मतको कार्य अहिले फेरि यात्रु, स्थानीयवासी र जनप्रतिनिधिले पुनः दबाब दिएपछि शुरु गरिएको हो।
जेनजीको आन्दोलनपछि सिर्जना भएको नयाँ अवस्थाका कारण सडक मर्मतको कामलाई सुचारु गरिएको अनुमान गरिएको छ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार उक्त सडक मर्मतसम्भारको जिम्मा त्रिपुरासुन्दरी पञ्चकोशी नाकदेव जेभी कम्पनीले एक करोड २४ लाख रुपैयाँमा लिएको छ।
२०८१ साल कात्तिक १४ गते भएको सम्झौताअनुसार कम्पनीले २०८२ साल वैशाख १५ गतेभित्र निर्माण सक्नुपर्ने प्रावधान थियो। उनले चर्को दबाबपछि शुरु गरिएको काम चार महिनासम्म रोकिँदा स्थानीयवासी र सवारी साधन आवागमन कष्टकर बनेको बताए।
2025-09-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार