Listen LIVE

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

नेपालगञ्ज : मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया