Listen LIVE

खेलकुदमय बन्दै बाँकेको खजुरा क्षेत्र

नेपालगञ्ज : बाँकेको खजुरा क्षेत्रमा पछिल्लो समय खेलकुदका गतिविधिहरु तीव्ररूपमा बढ्दै गएका छन्। ग्रामीण क्षेत्रमा निरन्तर आयोजना हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै दर्शकको आकर्षण पनि बढाइरहेको छ।

खजुरा गाउँपालिका–४ ई–गाउँमा जारी अर्जुन रोका स्मृति क्रिकेट प्रतियोगिता हेर्न मध्यरातिसम्म दर्शकको उपस्थिति रहने गरेको छ। प्रतियोगिता अर्जुन रोका स्मृति प्रतिष्ठान र न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा भइरहेको छ र जिल्लाका १७ युवा क्लबको सहभागिता रहेको छ।

त्यस्तै, योगिनी युवा क्लबको आयोजनामा दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता खजुरा–२ सितापुरमा चलिरहेको छ, जसमा बाँके र बर्दियाका १३ टिमको सहभागिता छ। केही दिन अघि खजुरा–४ डिगाउँमा फाइभ–ए–साइड रात्रिकालिन फुटबल प्रतियोगिता र खजुरा–५ उढरापुरमा रात्रिकालिन क्रिकेट प्रतियोगिता सम्पन्न भएका थिए।

खजुरा–४ डि गाउँस्थित मिनी रंगशालामा चैत ३० गतेदेखि खजुरा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। यस प्रतियोगितालाई न्यू डाँफे स्पोर्टस क्लव खजुराले आयोजना गर्दैछ। क्लबका अध्यक्ष बालाराम खत्रीले खजुरा क्षेत्र खेलकुदको क्षेत्रमा सधैं अग्रणी रहेको र पछिल्लो समय गतिविधि थप बढेको बताएका छन् । उनले भने, æस्थानीय सरकार र आम स्थानीय बासी खेलकुदलाई बढावा दिन सक्रिय छन्।Æ

गोल्ड कप प्रतियोगिताका लागि गाउँपालिकाले १६ लाख रुपैयाँ र स्थानीय दाता लिलबहादुर थापाले ७ लाख रुपैयाँ सहयोग गरेका छन्।

प्रतिक्रिया