Listen LIVE

स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध आवासीय चिकित्सकको देशभर प्रदर्शन

काठमाण्डौ : स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गरेको निर्णयका विरुद्धमा आवासीय चिकित्सकहरूले आइतबार देशभरका अस्पतालमा प्रदर्शन गरेका छन् । बिहान ९ बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरू प्रदर्शनमा सहभागी भएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अनुसार पोखराको मणिपाल मेडिकल कलेज, चितवन, गण्डकी, नेपालगन्ज मेडिकल कलेज, जिल्ला अस्पताल धनकुटा, चरिकोट, डडेलधुरा, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पताल, भोजपुर जिल्ला अस्पताल, दुल्लु अस्पताल, चौतरा, डोल्पा र मध्यविन्दु नगर अस्पताल लगायत स्थानमा चिकित्सकहरू काम छाडेर प्रदर्शनमा उत्रेका थिए । अस्पतालहरूमा चिकित्सकहरू एप्रोनसहित व्यानर, प्लेकार्ड सहित प्रदर्शनमा सहभागी भए । 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसमेत रहेका मन्त्रीद्वयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म मासिक निर्वाह भत्ता दिने निर्णय गरेका थिए । त्यस्तै दुई वर्ष काम गर्ने सर्तमा निःशुल्क एमडी एमएस लगायतका विषय अध्ययन गर्न पाउने निर्णयसमेत उनीहरूले गरेका थिए । आवासीय चिकित्सकहरूले उक्त निर्णय मान्य नहुने बताएका छन् ।म्झयलकतचबतष्यल या चभकष्मभलत मयअतयचक बअचयकक तजभ अयगलतचथ बनबष्लकत तजभ मभअष्कष्यल या तजभ ःष्लष्कतभच या ज्भबतिज बलम भ्मगअबतष्यल

मासिक आठौं तह बराबर (४८ हजार) निर्वाह भत्ता पाउनुपर्ने र ड्युटीको समयावधि तोकिनुपर्ने आवासीय चिकित्सकहरूको माग छ । समितिका सहसंयोजक डा. अरुण उप्रेतीले माग पूरा नभएसम्म आकस्मिक सेवा बाहेकका सेवा केही समय रोकेर विरोध गर्ने कार्यक्रम घोषणा गरिएको जनाए ।

समितिका प्रवक्ता डा. सञ्जय बरालले विज्ञप्ति जारी गरेर पेन डाउन गरेर धर्नामा सहभागी हुन आग्रह गरेका छन् । स्वास्थ्यमन्त्री पौडेल र शिक्षामन्त्री भट्टराईले चिकित्सकहरूको अपमान हुने निर्णय गरेकाले त्यसलाई सच्याउनुपर्ने माग अघि सारिएको छ ।

प्रतिक्रिया