Listen LIVE

सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढ्यो

नेपालगञ्ज : सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला १ लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ८४० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया