दाङ : दाङको गढवा गाउँपालिकामा भएको निःशुल्क आँखा तथा कान चेकजाँच शिविरमा दुई सय बढीले सेवा लिएका छन् । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा गाउँपालिका–३ स्थीत एकीकृत आँखा उपचार केन्द्रमा भएको निःशुल्क आँखा तथा कान चेकजाँच शिविरमा दुई सय ७४ जनाले सेवा लिएका हुन् ।
शिविरमा आँखा चेकजाँच गर्दा धेरैको सामान्य देखिए पनि १३ जना महिला र १८ जना पुरुष गरेर ३१ जनामा मोतिविन्दुको समस्या देखिएको एकिकृत आँंखा उपचार केन्द्र गढवाका प्रमुख शितल चौधरीले जानकारी दिए । आँखामा मोतियाबिन्दु सम्बन्धी समस्या देखिएका व्यक्तिलाई थप उपचारका लागि लमही आँखा अस्पतालमा जान अनुरोध गरिएको छ ।
शिविरका क्रममा ६३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । शिविरमा कान सम्बन्धी १९ जना पुरुष र ४३ जना महिला गरी ६२ जनाले सेवा लिएको बताए । लमही आँखा अस्पतालले एनएबिएपी आइकेयर नर्वे–सिलोन सेन्टर कोरियाको आर्थिक सहयोगमा अत्याधुनिक फेको प्रविधिबाट शल्यक्रिया गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने गर्दै आएको छ ।
अति गरिब तथा विपन्न नागरिकहरूका लागि एसआइसिएस प्रविधिकामार्फत निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक सृजना खनालले बताइन् । निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको उनेत्र सहायक खनालले बताइन् ।
नेपाल नेत्र ज्योति सङ्घ लमही आँखा अस्पताल लमहीले गढवा गाउँपालिकासँग सहकार्यमा गढवा गाउँपालिकाका विभिनन वडामा निःशुल्क आँखा तथा कान चेकजाँच शिविर सञ्चालन गर्दै आएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार