Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा एक युवक पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित २२ वर्षीय युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का २२ वर्षीय हेमन्त शाही रहेका छन् ।

शाहीलाई नेपालगञ्ज उपहानगरपालिका–१० चौलिका चोकबाट १ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीद्वारा ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका शाहीलाई आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया