नेपालगञ्ज : नेपालगञ्जको रामलीला मैदानमा आजदेखि पाँच दिवसीय निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ को वैद्धिक मन्त्र साथ उदघाटन गर्दै शुभारम्भ गरिएको छ ।
आईतबार बिहानदेखि आयोजित निःशुल्क योग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा–युवती, विद्यार्थी तथा शिक्षक एवं आमन्त्रीतहरूको उल्लेखिय सहभागिता रहेको थियो ।
निःशुल्क योग शिविरको उदघाटन गर्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले योग जीवनमा अति आवश्यक रहेको बताउँदै उनले ‘हामीले प्रयोग गर्ने सबै वस्तुको ध्यान दिने गरेका हुन्छौं तर थोरै समय निकालेर आफ्नो स्वास्थ्यको समेत ध्यान दिन सके हाम्रो जीवन धन्न हुने बताए ।’
प्रमुख अतिथि बिष्टले उदाहरण दिंदै हामीसित भएको कार सर्भिसिको लागि जसरी महिना, १५ दिनमा एकपटक ग्यारेज लग्ने गरेका हुन्छौं त्यसैगरी जीवनमा दैनिक स्वास्थ्य रहन योग आवश्यक रहेको बताए ।
आयोजित शिविरको मुख्य उद्देश्यमा संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने, युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिकरूपमा सशक्त बनाउने, वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने बारे प्रशिक्षण प्रदान गरिने पाँच दिवसीय योग शिविरको अध्यक्षता ग्रहण गरेका युवा नेपाल समिति, लुम्बिनी प्रदेश संयोजक दुर्गाप्रसाद चौधरीले जानकारी गराए ।
संयोजक चौधरीले अष्टाङ्ग योगको परिचय र अभ्यास, प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका, एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू, आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान, वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी, हवन (देवयज्ञ) विधि, फाइदा र दैनिक अभ्यास, आत्मरक्षाका प्रारम्भिक योगाभ्यासका साथै सङ्गीतमय व्यायामहरूमा सूर्य नमस्कार, भूमि नमस्कार, सर्वाङ्ग सुन्दर व्यायाम, मास पीटी, डम्बेल व्यायाम, तालबादनका विविध अभ्यासहरू सहभागीहरूलाई ५ दिनसम्म सिकाईने बताए ।
तिहारमा लेखिएको दैउसी भैलोको पैसाबाट शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । ३ दिनको दैउसी भैलोबाट करीब ८० हजार रकम संकलन गरिएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार