Listen LIVE

कांग्रेसका सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाका लागि पार्टीले यो कदम चालेको बताइन्।

बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

बैठकले संसदको अधिवेशन तत्काल सञ्चालन गर्नुपर्नेमा माग गरेको छ। प्रमुख सचेतक थापाकाअनुसार सदनमार्फत नै जनताका समस्याहरूलाई सरकारसमक्ष पु¥याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजतलासका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन गर्न सहज हुने भएकाले सदन खुलाउन जरुरी देखिएको हो।

यसबारे सभामुखसँग समेत छलफल गरिने उनले बताइन्।

यस्तै कांग्रेसले सरकारले केन्द्रबाट मार्फत राहत वितरण गर्ने नीति लिएका कारण बाढी प्रभावित पीडितहरूले राहत पाउन नसकेको बताएको छ।

प्रतिक्रिया