नेपालगञ्ज : नेपालगञ्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग प्राप्त भएको छ। नेपालगन्ज निवासी स्वर्गीय राजेन्द्रप्रसाद सिंघलको सम्झनामा उक्त सहयोग प्रदान गरिएको हो। बागेश्वरी ट्रेक्टर, कारकाँदोका सञ्चालक स्व. सिंघलकी श्रीमती मीना सिंघल, छोरा सन्दिप सिंघल तथा नाति आदित्य सिंघलले संयुक्त रूपमा समितिका प्रमुख महेश चन्दलाई वासिङ मेसिन हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै सन्दिप सिंघलले बुवाको स्मृतिमा समाज तथा खेलकुद क्षेत्रका लागि योगदान दिन पाउनु परिवारका लागि गर्वको विषय भएको बताए । उनले यस्ता सामाजिक कार्यले जिम्मेवारीबोध अझ बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समितिका प्रमुख महेश चन्दले खेल क्षेत्रप्रति माया गरेर गरिएको यस्तो सहयोगले खेलकुद गतिविधि थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरे । उनले सहयोगी परिवारप्रति आभार पनि प्रकट गरे । यसअघि पनि रंगशालाको सुरक्षा तथा सौन्दर्यकरणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। तीमध्ये बी.एम. इण्ड्रस्ट्रीज प्रा.लि. (डोल्पो आइसक्रिम), सिद्धार्थ हार्डवेयर बुटवल, प्रवेज कृषि सामाग्री उद्योग, इन्जेक्सन मेडी हाउस, बाह्रसिंघे रेष्टुरेन्ट र नेपालगञ्ज कलर्स लगायत रहेका छन्।
हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी 'सोनु' लगायतको उपस्थिति रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार