रुपन्देही : प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल (एसएसबी) सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको छ । एसएसबीको टोलीले नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको सरोकारवालाले बताएका छन् ।
आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको हो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि काम रोकिएको पुष्टि गरे ।
निर्माणस्थलमा आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको जानकारी स्थानीयबाट पाएको उनले बताए । कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रूपैयाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ । प्रधानमन्त्रीको सम्वोधनको साइड इफेक्ट यहाँ परेको उपाध्यायले बताए ।
उनले भने, …प्रधानमन्त्रीको सम्बोधनकै प्रभाव हो । उनीहरुले पहिल्यैबाट सुस्ताको नेपाली भूमिमा दाबी गरेका थिए । अहिले नारायणीको तटबन्ध रोक्न आयोजनाको काम भइरहेको थियो । ८० प्रतिशत काम सकिएको थियो । तर हिजोको घटनाले अन्योल उत्पन्न भएको छ ।Ú
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार