नेपालगञ्ज : देशैभर गुडिरहेका अटोहरू निम्न र मध्यम आय भएका आम नेपालीका निम्ति यात्राको सजिलो माध्यम मात्रै बनिरहेका छैनन्, यस्ता अटोले स्थानीय तहमा रोजगारीको अवसर पनि सिर्जना गरिरहेका छन् । यस्तो रोजगारीले स्वदेशमै पसिना बगाउने अवसर दिलाइरहेको छ ।
बाँकेको राप्तीसोनारी ७ सर्रीका प्रलाहद थारुले आफ्नै गाउँघरमा अटो गुडाउनुको आनन्दले खुसी भएको बताउँदै भने, “परिवारसँगै बस्न पाउनुलाई ठुलै उपलब्धिको रुपमा लिएको छु ।”
किस्ताबन्दीमा अटो किनेर चलाउँदै जीविकोपार्जन गरिरहेका थारुले भने, ‘वैदेशिक रोजगारीबाट फर्केकाहरूमा अटो प्रति आर्कषण बढेको छ ।’ थारुले भने साउदी, कतार, दुबईको रोजगारीबाट फर्केकाहरूको अलवा भारतको दिल्ली, मुम्बई जस्ता सहरमा एकाध वर्षको कमाइ बचाएर फर्केकाहरूले पनि अटो चलाएरै जीविकोपार्जन गरिरहेको सुनाए । उनले गाउँघरकै मान्छेलाई फत्तेपुरदेखि नेपालगञ्जसम्म ओर्सानुको आनन्द नै फरक रहेको बताए । थारुले भने‘ अटोबाट आम्दानी पनि राम्रै भएको छ । समाजमा आपत् विपद्का बेला सेवा दिन पाउँदा खुसी पनि मिलेको छ ।’ थारुले अटो चलाएर मासिक ३० हजारदेखि ४० हजारसम्म कमाउँदै आएका छन् ।
देशैभर अटोले स्थानीय बजारहरूलाई गतिशील बनाउन मद्दत गरे पनि अटो सञ्चालन र नियमनमा भने राज्य संयन्त्रको भूमिका प्रभावकारी देखिन्न । एकाध जिल्लामा स्थानीय तहले अटो सञ्चालनको कार्यविधि बनाएरै भाडादरदेखि रुटसमेत नियमन गरिरहे पनि बाँकेका अधिकांश पालिकाले कार्यविधि बनाउन सकेका छैनन् । नियमनको अभावमा अटो चालकबिच अस्वस्थ प्रतिस्पर्धा मात्रै हुर्किरहेको छैन, यात्रुहरू ठगीमा पर्ने र दुर्घटना हुने घटनामा पनि उत्तिकै छन् । अटो चालक भन्छन् अनुमतिपत्र नभएकाहरूले नै अटो हुइँक्याउँदा यात्रुको सुरक्षा चिन्ता थपिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार