Listen LIVE

सहकारीको बचत फिर्ता माग गर्दै आमरण अनशन

नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् । 

नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालयको गेट छेउमा मंगलबार दिउँसोबाट सुरु गरिएको अनशनमा नेपालगञ्जका पूर्व मेयर विजयकुमार गुप्ता आमरण अनशनमा बसेका हुन् । उनको साथमा अन्य पीडित माया पासी, मोती कुमारी शर्मा, रामचन्द्र पासी र जुखी यादव रिले अनशनमा बसेका छन् । 

सहकारी वित्तिय विकास संस्थाका ४१ जना कर्मचारी र सञ्चालकले नै मिलेर ११ हजार भन्दा बढी बचतकर्ताको ४३ करोड दुई लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना गरेकोमा हालसम्म पनि बचत रकम फिर्ता नपाएको भन्दै आमरण अनशन सुरु गरेका हुन् । 

संघर्ष समितिका संयोजक गुप्ताले पीडित बचतकर्ताको सावा व्याज फिर्ता गराउ र संस्थाको सञ्चालक समिति गठन गर्न विशेष साधारणसभा आह्वान गर्न माग गरेको छ ।

प्रतिक्रिया