Listen LIVE

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपालगञ्ज : आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई हजार ५०५ पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार ५ ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया